झापा । अविरल बर्षासँगै साेमबार बिहान परेको चट्याङ लागेर घरमा बाधेर राखिएकाे दुईवटा राँगा मरेकाे छ । झापा मेचीनगर नगरपालिका ११ बस्ने टेकनाथ गौतमको गोठमा बाँधी राखिएकाे दुईवटा राँगा चट्याङ लागेर घटनास्थलमै मरेकाे हो । साथै चट्याङ लागेर छेउमा रहेको परालको कुन्युमा समेत अागलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठले बताए ।
त्यस्तै कनकाइ नगरपालिका ९ भानुभक्त गौतमको खाध्य मिलमा चट्याङले क्षति पुर्याएकाे छ । चट्याङकाे झड्काले मिलको मिटर बक्स, इनभटर,१२ भोल्डको ब्याट्री एक थानमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । यो सँगै जिल्लामा अन्य मानविय क्षति सम्बन्धी खवर भने हाल सम्म नआएको श्रेष्ठले बताए ।










