धादिङ, साउन ६ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रेमा बस र माइक्रो आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

काठमाडौंबाट चितवन जाँदै गरेको लु२ख २१३४ नम्बरको बस र चितवनबाट काठमाडौं आउँदै गरेको बा५ख २१५१ नम्बरको माईक्रो थाक्रे गाउँपालिका–१ खयरघारीमा आपसमा ठोक्किएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।

बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको छ ।