काठमाडौं, साउन ६ । प्रायः मानिसहरु चुम्बन गर्दा आँखा चिम्लने गर्छन । यो त सबैलाई थाहा भएको कुरा हो, तर मानिसले किस गर्ने समयमा आँखा किन बन्द गर्छन् ? भन्ने बारेमा तपाईलाई थाहा छ ? सायदै तपाईलाई थाहा छैन होला । तर, किस गर्ने समयमा आँखा बन्द हुने कुरामा वैज्ञानिकहरुले यस्ता वैज्ञानिक कारण अघि सारेका छन् ।

वैज्ञानिकहरुका अनुसार उक्त समयमा मानिसको दिमागले एकै सयमा दुईवटा काम गर्न नसक्ने हुनाले आँखा बन्द हुन पुग्छन् । यो निष्कर्ष वैज्ञानिकहरुले लामो अध्ययन पश्चात निकालेको डेलीमेलले उल्लेख गरेको छ । यो अध्ययनबाट वैज्ञानिकहरुले मानिसको मनोविज्ञानको ठूलो रहस्य हटाउन सफल भएका छन् । वैज्ञानिकहरु अनुसार जब मानिस किसका लागि तयार हुन्छन् उक्त समयमा दिमागलाई महशुस गर्नका लागि गाह्रो पर्छ ।

सोझो भाषामा भन्दा किस गर्ने समयमा दिमागलाई आँखाबाट मिल्ने संकेतलाई पनि महशुस गर्नुपर्ने हुनाले असहज हुन पुग्ने रोयल हैलोवे यूनिभर्सिटी अफ लण्डनका मनोवैज्ञानिकहरुले निष्कर्ष निकालेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय