काठमाडौं । हेटौंडा हुँदै आएको ट्रक कर्रा खोलामा डुबेको छ । हेटौंडा–१७ स्थित कर्रा खोलामा शिवम सिमेन्टको सामान अनलोड गरेर फर्कँदै गरेको युपी ५६ टी ४०३९ नम्बरको भारतीय ट्रक कर्रा खोलामा डुबेको प्रहरीले जनाएको छ। कुनै मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । पानी परिरहेकोले ट्रकलाई बाहिर निकाल्न नसकिएको प्रहरीले बताएको छ ।

यस्तै, मकवानपुरको हात्तीसुढेमा १० मिटर पहिरो खस्दा पूर्वी मकवानपुरको बाग्मती, बकैया गाउँपालिकाबाट सदरमुकाम जोड्ने बाटो अवरुद्ध भएको छ । हेटौंडा–५ पिप्ले मत्यपालन केन्द्रका वरपरका चार पाँच घर डुबानको जोखिममा रहेको प्रहरीले बताएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेटौंडा–५ क्याम्पाडाँडामा पहिरो खस्दा चौघडा, मकवानपुर गढी हुँदै ग्रामीण क्षेत्रको सडक अवरुद्ध भएको छ । हेटौंडा हुँदै काठमाडौ जाने कान्तिलोकपथबाहेक अन्य राजमार्ग भने सञ्चालनमा छन् । जनता समाचार बाट साभार