दमक । झापाकाे दमक नगरपालिकामा दुई युवा समूहबीच झडप (ग्याङ फाइट) भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा दमक–२ का विक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
घाइते हुनेमा दमक–३ का सरोज भुजेल र दमक–२ का सुजन भुजेल रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार बी एण्ड सी अस्पतालमा भइरहेको छ । जनता समाचार बाट










