सुनसरी । आफ्नै श्रीमाने करणी गरेको दाबी गर्दै एक महिलाले प्रहरीमा जाहेरी दिएकी छन् । सुनसरी धरानकी युवतीले आफ्ना श्रीमानविरुद्ध करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा जाहेर दिएकी हुन् ।
प्रहरीले युवतीका जाहेरीपछि उनका श्रीमानलाई पक्राउ गरेको छ । दुई महिना धरानका युवा र भोजपुर टेम्के मैयुङ गाउँपालिकाकी १७ वर्षीया युवतीबीच मागी विवाह भएको थियो । विवाह गरेर धरान आएकी युवतीले आफ्ना २१ वर्षीय श्रीमानविरुद्ध कुटपिट गरी करणी गरेको दाबीसहित जाहेरी दिएकी हुन् ।
ती युवतीले बिहीबार जाहेरी दिएपछि श्रीमानलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुबीच गत वैशाख २७ गते मागी विवाह भएको थियो ।










