सल्यान : सल्यानमा विषालु च्याउ खाँदा १२ जना बिरामी भएका छन् । जिल्ला अस्पताल सल्यानका अनुसार गएको १५ दिनको अवधिमा विषालु च्याउ खाएर बिरामी भइ १२ जनाले उपचार गराएका छन्। उपचार गराउन आएका बिरामीमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ ।

साउन ४ गते च्याउ खाएर बेहोस अवस्थामा आएका बागचौर नगरपालिका–४ पेदीखोलाका टोपबहादुर बस्नेत र साउन ९ गते बनगाडकुपिण्डे नगरपालिका–९ जैतपानीका खिमबहादुर बुढाथोकीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरेको सल्यान अस्पतालका डाक्टर प्रदीप शर्माले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

च्याउ खाएर बिरामी भएकालाई उपचारमा ल्याउनुअघि चुक, दही तथा अन्य घरेलु खानेकुरा खुवाउने गरेको पाइएको भन्दै उनले त्यसो नगर्न सुझव दिएका छन् । डा शर्माले बेहोस मान्छेलाई चुक तथा दही खुवाउँदा फोक्सोमा गएरर असर गर्ने भएकाले सचेत बनेर तत्काल स्वास्थ्य संस्था लानुपर्ने सुझाव दिएका छन् ।

वर्षाको बेला जंगलमा पाइने च्याउमा विष हुने भएकाले जंगली च्याउन नखान डाक्टर शर्माले सर्वसाधारणमा अनुरोध गरेका छन् । च्याउ एकदमै विषालु भएको खण्डमा भने मृगौला तथा कलेजोसम्म फेल हुनसक्ने भएकाले सजग रहन उनले आग्रह गरे। अन्नपूर्ण पोस्ट बाट

अस्पताल सल्यानमा उपचार गराउन आएका सेवाग्राही । तस्बिर : मिना बुढाथोकी ।