काठमाडौं । शुक्रबार देशका केही भू–भागमा पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको छ ।

शुक्रबार दिउँसो देशभर सामन्यदेखि पूर्ण बदली रही देशका पहाडि तथा तराई भेगका एक–दुई स्थानामा भारी वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ । देशको पहाडि तथा तराई भेगका एक –दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशका पहाड तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । पहाड तथा तराईका केही नदीहरुको जल सतह बढ्न सक्ने भन्दै तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन विभागले आग्रह गरेको छ ।