चितवन, १० साउन । चितवनमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

वीरगञ्जबाट धादिङ जाँदै गरेको ना ८ ख ६०५८ नम्बरको यात्रुबाहक बस र काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख २८९५ नम्बरको मालबाहक ट्रक आज बिहान ८ः४० बजे पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना– ४ लेवाटारमा एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइतेको उपचारका लागि भरतपुर लगिएको छ । दुर्घटनापछि अवरुद्ध भएको सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले दुर्घटनामा परेका ट्रक र बसलाई सडकबाट हटाई दुईतर्फी सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।