दमक/ इन्टरनेट र नेटवर्क सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ अफर ल्याएको छ ।
यो अफर अन्र्तगत अब हरेक टिभीमा यूट्युब चल्नेछ ।
वर्ल्डलिंकका नेटटिभीको प्रयोगकर्ताहरुले अब आफ्नो टिभी मार्फतनै यूट्युबको भरपूर फाइदा प्राप्त गर्न सक्ने दमकस्थित कार्यालयका प्रमुख राजन तिम्सिनाले बताए ।
यो सुविधा स्मार्ट टिभीमा मात्र नभई अन्य वा सि आर टि टिभीमा पनि उपलब्ध हने बताइन्छ ।
यो अफर नेपालभर रहेका वर्ल्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि उपलब्ध भएको बताइन्छ ।











