सुनसरी ।  सरकार सीमाको बारेमा नबोल्ने …? छ जिल्लामा मात्रै सात सय सीमा स्तम्भ गायब भएकाछन् । पूर्वका छ जिल्लामा नेपाल र भारतबीच सीमा छुट्याउन गाडिएका सीमा स्तम्भ मध्ये ६ सय ६६ वटा गायब भएका हुन् ।

पूर्वका सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, र संखुवासभामा गरी २ हजार ६ सय १३ सीमा स्तम्भ रहेका छन् । जसमा सप्तरीमा सबैभन्दा बढी गायब भएका छन् । सप्तरीका ५ सय ६० मध्ये ३ सय ९९ सीमास्तम्भ गायब भएको सशस्त्र प्रहरीको रेकर्डमा उल्लेख छ ।

नेपालको सशस्त्र प्रहरी र भारतीय एसएसबीको सोमबार बसेको २ पक्षीय बैठकको निर्णयबारे सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताइएको हो । यस्तै, झापाका ८ सय ९८ मध्ये १ सय २७ र मोरङका १ सय २४ मध्ये ३० वटा गायब छन् ।

प्रहरीको रेकर्डअनुसार, सुनसरीका २ सय ९० मध्ये ४०, सिरहाका ३ सय ८८ मध्ये ६८ र पाँचथरका ९४ मध्ये २ वटा स्तम्भ गायब छन् । इलाम, ताप्लेजुङ र संखुवासभामा भने सीमा स्तम्भ गायब नभएको तर मर्मत सम्भार गर्नुपर्ने र पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।

सीमास्तम्भ गायब भएपछि अहिले चौतर्फी रूपमा दसगजा क्षेत्र अतिक्रमण गरेर घर–टहरा निर्माण र बालीनाली लगाउने क्रम बढ्दो छ । ४ फिट देखि ८—१० फिट सम्म अग्ला सिमेन्ट र कंक्रिटले बनेका सीमा स्तम्भ जसले पायो त्यसले सजिलै भत्काउन सक्ने अवस्थामा हुँदैनन् । तर पनि यति धेरै संख्यामा सीमास्तम्भ गायब हुनु भनेको अतिक्रमण गर्ने मानसिकता बोकेकाले भत्काएर गायब गरेको सहजै अनुमान गर्न सकिन्छ ।

बैठकले सीमा स्तम्भको तथ्यांक अद्यावधिक गरी मर्मत सम्भारलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

सशस्त्र प्रहरीको पूर्वी क्षेत्रीय मुख्यालय पकलीमा भएको बैठकमा मुख्यालयका डिआइजी जानकीराज भट्टराई नेतृत्वको टोली र भारतका तर्फबाट सशस्त्र सीमा बल सेक्टर हेडक्वाटर गान्टोक सिक्किमका डिआइजी भेनडन साकेन र सशस्त्र सीमा बल सेक्टर हेडक्वाटर रानीदंगा सिलगुडीका डिआइजी बिक पालको सहभागिता थियो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मर्मत सम्भार गर्नुपर्ने स्तम्भको हकमा २ पक्षीय सर्भेबाट भइरहेको कार्यलाई निरन्तरता दिने, हराएका र भत्किएका तथा खतरामा परेका स्तम्भको निगरानी गर्ने जानकारी दिइयो ।

तर, नेपाल भारत सीमा लगायतका समस्यामा प्राय: छलफल हुन्छ तर कार्यनयन पाटो निकै फितलो देखिदैँ गएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah