झापाको क्षेत्र नम्बर ३ (क) प्रदेशसभा सदस्य बसन्त बानीयाँको सम्पर्क कार्यालय झापाको भद्रपुरमा स्थापना भएको छ । आज एक कार्यक्रमका बीच प्रदेश सांसद बानियाले आफ्नो सम्पर्क कार्यालयको उद्घाटन गर्नु भयो । भद्रपुर नगरपालिका वडा नम्बर १ आसामे चौकमा रहेको कार्यालयबाट नागरिकहरुले सांसदसंग प्रत्यक्ष सम्पर्क गर्न सक्ने छन् । उहाँले संपर्क कार्यालय उद्घाटन गर्दै सांसद बानियाँले नागरिक संग प्रत्यक्ष जोडिनका लागी कार्यालय स्थापना गरिएको बताउनु भयो । आफु प्रदेशसभामा अथवा अन्य काममा रहेका बेला पनि नागरिकले आफ्ना समस्या र गुनासाहरु कार्यालयमा आएर राख्न सक्ने उहाँले बताउनु भयो । संभव भएसम्म आफुनै कार्यालयमा रहने तर प्रदेशसभा चलेको बेला र काम परेर अन्यत्र गएको बेला पनि कार्यालय खुल्ला हुने भएकोले त्यहाँ आएर नागरिकले आप्mना समस्या र गुनासा राखेमा आफु समक्ष प्राप्त हुने सांसद बानियाँले बताउनु भयो ।

कार्यक्रममा संबिधान सभा सदस्य मोहन टुडु, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उप प्रमुख चन्द्रा श्रेष्ठ, लगायतले शुभकामना तथा मन्तब्य राख्नुभएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सांसद सम्पर्क कार्यालयसंगै नेपाल कम्युनिस्ट पार्टी प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी, पार्टिको वडा कमिटी र सामुदायिक सेवा मञ्चको कार्यालय पनि राखिएको छ ।