उर्लाबारी । मोरङको मिक्लाजुङ–९ मा डेरामा बस्दै आएका १९ बर्षीय अनिष कार्की साउन ५ गते मध्यरातमा साथीहरुसँग निस्किएका थिए । सोमबारसम्म पनि घरमा नआएपछि कार्कीको बारेमा पत्नी रन्जिला श्रेष्ठले साथीहरुलाई सोधीखोजी गरिन् ।
त्यसपछि साथीहरुले काठमाडौं गएको प्रतिकृया दिए । घरमा केही नभनि मध्यरातमा निस्केका पति घर नफर्किएपछि चिन्तित बनिन् । गत फागुनमा मात्र उनीहरुले प्रेम विवाह गरेका थिए । कार्की वेपत्ता भएको चार दिनपछि मोरङकोे बक्राहा र नुनसरी खोलाको बगरमा निबस्त्र अवस्थामा शव भेटियो ।
कार्की साथी सन्दिप नेपाली र विशाल ऋसिदेवले रातको समयमा घरमा निस्किएका थिए । रातको समयमा घरबाट साथीहरुसँग निस्किएका कार्की घर नफर्किएपछि उनीसँगै गएका सन्दिप नेपालीलाई सोध्दा काठमाडौं गएको भन्दै ढाटेर आफ्नो मोवाइलसमेत लगेर गएको पत्नीले बताइन् ।
खोलाको बगरमा लास भेटिएकाले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले बताए । प्रहरीले ३ जनालाई पक्राउ गरेको स्रोतले जनायो । प्रहरीले भने यसबारेमा खुलाएको छैन ।
अस्पतालमा तनाव पोष्टमाटमको सम्पूर्ण प्रक्रिया पु¥याएपछि शवको पोष्टमाटम गर्न नसक्ने बताएपछि उर्लाबारी–३ को मंगलबारे अस्पतालमा तनावग्रस्त बन्यो । मृतकका आफन्त तथा शव अन्तेष्टीका लागि आएका मलामीले अस्पतालको चरम लाहापवाही गरेको भन्दै आक्रोश पोखे । डाक्डरले शवमा केमिकल लगाएर चिरफार गर्ने भन्दै भित्र पसेको र त्यसको केही छिनमै यहाँ हुँदैन बि.पी. कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा लानु भन्दै पन्छिएको मृतकका काका मानबहादुर कार्की बताउँछन् ।
त्यसपछि ठूलो संख्यामा रहेका आफन्त तथा मलामीहरु आकोशित बनेका थिए । आक्रोश बढ्न थालेपछि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, मंगलबारे अस्पतालका अध्यक्ष भानुभक्त शर्मा पराजुली, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना, मृतकका आफन्तलगायत बसेर छलफल भयो । त्यसपछि घटनाको निष्पक्ष रुपमा छानविन गरी दोषीलाई हदैसम्मको कार्वाही गर्ने प्रतिबद्धता आएपछि आफन्तले शव पोष्टमाटमका लागि विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लैजान राजी भएका थिए । हाल शव पोष्टमाटमकाका लागि धरान लगिएको छ । चिता बन्यो शव डढेन बेपत्ता भएको चार दिनपछि बुधबार भेटिएको शव तीनदिन अघि देखि मंगलबारे अस्पतालमा थियो । आफन्त आउन ढिलाई भएपछि शव पोष्टमाटम नगरी फ्रिजमा राखिएको थियो । शुक्रबार पोष्टमाटम गर्ने तयारी थियो । तर, मंगलबारे अस्पतालले पोष्टमाटम गर्न नसक्ने बताएपछि पोष्टमाटम गरी अन्तेष्टी गर्ने काम रोकियो । मृतककी आमासहित मलामीहरु उर्लाबारीको बक्राहा घाटमा पुगे । तर, शव पोष्टमाटम हुन नसकेपछि मलामीहरु फर्किए । दबनाइसकेको चिता पनि त्यसै छोडेर आफन्तहरु फर्किए । शव डुङडुङ्ती गनाइरहेको थियो ।
उर्लाबारीमा विशेषज्ञ डाक्डर छैन मंगलबारे अस्पतालमा पूर्बी मोरङ, दक्षिणी झापा र उत्तरी इलामका शव पोष्टमाटमका लागि आउने गरेका छन् । तर, यहाँ विशेषज्ञ डाक्टर नै नहुने गरेको पाइएको छ । अस्पतालकी डाक्डर एलिजा तन्डुकारका अनुसार कुनै दवावका कारण नभएर विशेषज्ञ डाक्डर नभएको र त्यसमा पनि शव अलिक जटिल भएकाले धरान रेफर गरेको हो ।










