कावासोती – नवलपरासीपूर्व नवलपुरको गैंडाकोट नगरपालिकाका एक वडाध्यक्षले आफ्नो तलब सामाजिक क्षेत्रमा सहयोग गरेका छन् । गैंडाकोट नगरपालिका–१६ का वडाध्यक्ष गोवद्र्धन ज्ञवालीले आफूले १ वर्षमा तलबबापत प्राप्त गरेको १ लाख २० हजार रुपैयाँ विभिन्न सामाजिक क्षेत्रमा सहयोग गरेका हुन् ।

वडाध्यक्ष ज्ञवालीले गैंडाकोट–१७ स्थित अमर ज्योति माविलाई ४५ हजार रुपैयाँ बराबरको १ थान कम्प्युटर उपलब्ध गराएका छन् । उनले अमरापुरी स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापनाका लागि ४० हजार रुपैयाँ सहयोग गरेका छन् । सो बर्थिङ सेन्टरको आमा समूहकी अध्यक्ष लक्ष्मी सापकोटालाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनताको करबाट संकलन गरेको रकम जनताकै लागि खर्च गरेको ज्ञवालीले बताए । गत वर्षको तलबसमेत आफूले विभिन्न सामाजिक कार्यमा नै खर्च गरेको उनले बताए । आगामी दिनमा समेत आफूले प्राप्त गर्ने आफ्नो तलब सामाजिक कार्यमा खर्च गर्ने ज्ञवालीको भनाइ छ ।