काठमाडौं, ११ साउन । जल तथा मौसम पूर्वानुमान महाखाले नेपालमा मनसुनी गतिविधि सक्रिय हुने क्रम विस्तारै कम हुँदै गएको जनाएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भागभन्दा दक्षिणतिर रहेकाले मनसुन गतिविधि कमजोर हुन थालेकाले वर्षा पनि कम हुँदै गएको मौसमविदले जानकारी दिएका छन् ।
शनिबार देशभर सामान्य बदली रहि देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले सामान्य बदली भई देशका केहि स्थानमा वर्षा भइरहेको छ ।










