काठमाण्डौ – काठमाडौको कोटेश्वरमा बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । बा ४ ख ३२ ५८ नम्बरको बसले बाटो काट्दै गरेका पैदलयात्री पेप्सीकोला नजिकै छाप्रोमा बस्ने ४७ वर्षका राम भुजेलको ज्यान गएकाे हाे ।

बसको ठक्करबाट घाइते भएका भुजेलको उपचारका क्रममा सिभिल अस्पताल मिनभवनमा उपचारका क्रममा ज्यान गएको हो । बसको चालकलाई प्रहरीले पक्राउ गरेको छ ।