दमक/ झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित हनुमान सेन्ट्रल व्यापारिक भवनमा शनिबार साँझ आगलागि भएपछि आज यो बन्द भएको छ ।

 

क्षतिको विवरण लिने र धेरै पसलहरुमा धुँवाका कारण समस्या भएकाले बन्द गरिएको बताईएको छ । घटनाको छानबिन गर्न स्थानीय स्तरमा समिति समेत बनाएर काम भइरहेको बताईएको छ ।

 

विर्तामोडको मुक्तिचोकमा रहेको पाँचतले उक्त व्यापारिक भवनमा एक रेडियो स्टेशन, दुई बैंक, दुई डिपार्टमेन्टल स्टोरसहित सयौँ व्यापारिक पसल, होटल रहेका थिए ।

 

इरिकको सोरुमबाट आगोलागि भएको र यसमा पुर्ण रुपमा क्षति पुगेको जनाईएको छ । आसपासका पसलहरुमा समेत यसको असर पुगेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय