काठमाडौं – पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीका विभागको जिम्मेवारी बाँडफाँड गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक शुरू भएको छ । पार्टीभित्र विवादको विषय बनेको स्कूल विभागको जिम्मा कसलाई दिने भन्ने विषयमा निर्णय लिन सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसिरहेको हो ।बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सचिवालयका ९ जना सदस्य नै उपस्थित छन् ।

स्कूल विभागको जिम्मा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेललाई दिने कि नारायणकाजी श्रेष्ठलाई दिने भन्ने विवादका कारण नेकपा अनिर्णित छ । स्थायी समिति सदस्य घनश्याम भुसाल र बेदुराम भुसालले समेत विभागको नेतृत्वमा दाबी गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सहमति नभए अध्यक्षद्वयले नै विभागको जिम्मेवारी आफूहरूसँगै राख्ने गरी सहमतिको प्रयास भएको नेकपा स्रोतले जानकारी दियो । संगठन विभाग भने वामदेव गौतमलाई दिने यसअघि नै सहमति भइसकेको छ ।