दमक नगरकार्यापालिकालाइ दिशामुक्त नगर बनाउनका लागि एकपछि अर्को वडाहरुलाइ खुलादिशामुक्त वडा घोषणा गरिरहदा शहर तथा बजार क्षेत्रमा घरको सेफ्टीट्याङ्की सिधै खोला तथा ढलमा मिसाउने गरेको पाईएको छ । यसले स्थानीयहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने समेत देखिन थालेको छ ।

ढलको फोहोर र घरको सेफ्टी ट्याङ्कीबाट निस्केको दिशापिसाब स्थानीय खोला तथा खोल्सिमा बगाउने गरेको पाईएपनि यसलाइ रोक्न प्रयास नभएको बताइन्छ । बजारका घरहरूको शौचालयको सेफ्टीट्याङ्की ड्रेनमा मिसाउँदा त्यो बग्दै गएर दमकको दीपेनी लगायतका खोलाहरू दुर्गन्धित बनेका हुन् । खला दिसामुक्त घोषणा भइसकेको दमक ६ स्थित राातेबजारमा रहेका घरबाट सेफ्टीट्याङ्की मिसाइएको सबै दूर्गन्धित फोहोरले स्थानीय बिद्यालयका बिद्यार्थीहरु पनि प्रभावित भएकाछन् ।

शौचालयका सेफ्टीट्याङ्की मिसाइएका कारण खुला किनारासँग जोडिएको बस्ती नै दुर्गन्धित बनेको र आफूहरु बसाइ सर्ने अवस्थामा पुगेका स्थानीय एकले बताउनु भयो । एक स्थानीय बिद्यालय पृथ्वी निमाविले पनि त्यही खोलामा शौचालयको सेफ्टीट्याङ्की मिसाएको र बिद्यार्थीहरु दूर्गन्धित वातवरणमा पढ्न बाध्य भएको जनाइन्छ । यहाँको रातेहोली छेउका करिब ४० घरमा सबैले खोलामा सेफ्टीट्याङ्की मिसाएको स्थानीय राजु रिजालले बताउदै यस बिषयमा कहि सुनुवाइ नभएको जनाउनु भयो ।

अन्य ठूला घरका शौचालयका सेफ्टीट्याङ्की पनि यहि मिसाइएकाले आफूहरु दूर्गन्ध सहेर बस्नु परेको रिजालले जनाउनु भयो । दमक ६ वडा नागरिक मञ्चका संयोजक मेहन्द्र लिम्बुले खुलादिशामुक्त नगर तथा वडा नाम मात्रैको भएको र यस्तो कार्य नरोकिएको बताउनु भयो । कागजमा र देखाउनमात्र खुला दिशामुक्त घोषणा तामझामका साथ हुने गरेको उहाँको भनाइ छ । एकातिर शौचालयको सबै दिशापिसाव बाहिर खुला छ अर्कातिर खुला दिशामुक्त क्षेत्रको घोषणा तयारी हुदैछ भनेको सुनेर स्थानीय अचम्मित पनि रहेकाछन् ।

स्थानीय महेन्द्रा श्रेष्ठका अनुसार नगरपालिका थाहा पाएर पनि थाहा नपाए जसरी बसेको छ । यहाको रातेहोली अहिले दूर्गन्धित होलीको रुपमा परिणत भएको उहाँले बताउनु भयो । यहि हप्ता यस क्षेत्र तथा वडालाइ खुलादिशामुक्त क्षेत्र घोषणा गर्ने तयारीमा नगरपालिका रहेको जनाईएको छ । दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख डम्बर बरालले एकपटक त्यहाँ अनुगमनमा पुग्ने बताउनु भयो । नगरबासीहरुलाइ बारम्बार रुपमा ढलमा घरको सेफ्टीट्याङ्की नहाल्न र हालेको भए हटाउनका लागि अनुरोध गरिदै आएको समेत बरालको भनाइ रहेको छ ।

चिरञ्जिबि घिमिरेको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah