वर्षायाममा कपाल धेरै झर्छ भन्ने भनाई नेपालमा मात्र नभई भारतमा पनि प्रचलित छ । वर्षायाममा कपाल धेरै झर्ने कुरामा कत्तिको वास्तविकता छ र यस्तो समस्या सुल्झाउनका लागि के गर्ने भनेर भारतमा १७ वर्षदेखि छाला रोग विशेषज्ञको रुपमा काम गरिरहेका डाक्टर दिपक बोहरासँग एक भारतीय संचार माध्यमसँगको कुराकानीमा कपाल झर्नुमा मौसमको कुनै दोष नहुने बताएका छन् ।

 

उनले भने,-‘कपाल झर्ने र मौसमबीच कुनै सम्बन्ध छैन । मानिसहरुले आफ्नो खान्कीलाई ध्यानमा राख्नुपर्छ । वर्कआउट (व्यायाम) गर्नुहुन्छ भने पसिना आउँछ । एसीमा बस्नेहरुले टाउकोमा आउने पसिनालाई सफा गर्न आवश्यक छ । धेरैजसो मानिस दिनदिनै नुहाउँदैनन् । कपाल फेजमा बढ्छ, एउटा फेज यस्तो पनि हुन्छ जब कपाल झर्छन् । अलि बढि नै । त्यतिबेला मानिसहरुले कपाल बढी झरिरहेको महसुस गर्छन् । कुनै स्याम्पु वा कन्डिसनरका कारण कपाल झरेको हो कि भन्ने शंका गरिन्छ । यो कुरा पनि ठिक होइन । जबसम्म कुनै स्याम्पु वा कन्डिसनरले तपाईंलाई एलर्जी भएको छैन, तपाईंको टाउकोको छाला पोल्नेलगायतका समस्या छैन भने ुकुनै समस्या छैन । वर्षायाममा कपाल धेरै झर्ने भन्ने एउटा भ्रम मात्र हो ।

 

तपाईंले आफ्नो स्क्याल्प (टाउकोको त्यो हिस्सा जहाँबाट कपाल उम्रन्छन्) सफा राख्नुपर्छ । तपाईं यदि व्यायाम गर्नुहुन्छ भने केमिकल धेरै नभएको स्याम्पुले दैनिक नुहाउनुहोस् । आफ्नो कपाल अनुसार स्याम्पु छान्नुहोस् । आफ्नो खानपिनलाई ध्यानमा राख्नुहोस् । भिटामिन र प्रोटिनको कमी हुनु हुँदैन । भिटामिनको कमी भयो भने कपाल धेरै टुक्रिन्छ । विशेषगरी महिलाले यसबारे विशेष ध्यान दिनुपर्छ किनभने उनीहरुको शरीरमा धेरै पनि भिटामिनको कमी भयो भने कपाल तुरुन्त झर्न थाल्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah