धर्मशास्त्रमा विभिन्न तथ्य तथा रोचककुराहरु उल्लेख गरिएको हुन्छ । शास्त्रले महिलाका बारेमा पनि थुप्रै रोचक कुराहरु बताइएका छन् । जस्तै महिलामा केही त्यस्ता संकेत वा चिन्हहरु हुन्छन् जसका कारण उनीहरु पुरुषका लागि भाग्यमानी सावित भएको शास्त्रको दाबी छ ।

तसर्थ यस्ता युवतीसँगको विवाह वा संगतले तपाईको भाग्यलाई नयाँ दिशा प्रदान गर्छ अथवा भाग्य नै चम्किने विश्वास गरिन्छ । यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने शास्त्रमा लेखिएको छ । भाग्यमानी महिलामा हुने ती ११ चिह्नहरु यसप्रकार छन् :

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् । पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ । यदि कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ । कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ । हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ । आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ । कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ । यदि शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ । निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् । समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् । कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।