झापा । वाह्रदशीमा सर्प दंशका कारण एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ३ निवासी ५२ वर्षीय छत्रवहादुर पौडेल रहेका छन् । उनलाई मंगलबार विहान घरमै विषालु सर्प (गोमन) ले डसेको वाह्रदशी गाउँपालिका – ३ कि वडा सदस्य लक्ष्मी निरौला अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार धान राखेको भकारीमाथिबाट कपडाको टालो नकाल्ने क्रममा पौडेललाई सर्पले ढसेको बताइएको छ । सर्पले डसे लगत्तै उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली पु¥याइएको र भेन्टिलेटर अभावका कारण बिर्तासिटी अस्पताल पठाइएकोमा उनको अस्पताल पु¥याए लगत्तै मृत्यु भएको अधिकारीले बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड