काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्री तथा सचिवहरुलाई समय कार्यतालिका बनाएर काम गर्न निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७६–७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्य सम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

सरकारको काममा सुस्तता आएको जनगुनासो बढेपछि प्रधानमन्त्री ओलीले बुधबार कार्य सम्पादन सम्झौता गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘अहिले राजनीतिक अस्थिरताले काम गर्न दिएन भन्ने छैन, वार्षिक कार्ययोजना, मासिक कार्ययोजना बनाएर, समयतालिका निर्धारण गरेर काममा लाग्नुहोस् ।’ जनता समाचार बाट साभार