दमक/ तत्कालीन अवस्थामा नेकपा एमालेका अध्यक्ष रहेका अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफुहरुको बन्ने र योगेश भट्टराइ मन्त्रि बनाउने घोाषणा गरेका थिए ।
भट्टराइको निर्वाचन क्षेत्र ताप्लेजुङमा गएर नै चुनावी सभामा उनले यो घोषणा गरेपनि मन्त्रिमण्डल बन्दा भट्टराइको नाम परेन । त्यसपछि प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको थियो ।
तिनै भट्टराइलाइ ओलीले पर्यटन मन्त्रि नियुक्ति गरेको बताईएको छ । आज नै उनको सपथ हुने पनि बताइन्छ । प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए ।