
काठमाडौं– काठमाडौं भ्यु टावर निर्माणको ठेक्का पाएको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालीका सञ्चालक मनोजकुमार भेटवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले उनी विरुद्द हुण्डी गरी विदेशी विनिमय अपचल गरेको अभियोगमा बुधवार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरको हो ।
विभागले भेटवालसहीत ४ जना विरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको छ । भेटवालसहित राजकुमार विष्ट, शिव विष्ट र निशा गुरुङविरुद्ध ४ करोड ६० लाख रुपैयाँ अवैध कारोबार गरेको आरोपमा विभागले मुद्दा दायर गरेको जानकारी दिएको छ । उनीहरुले काठमाडौं भ्यु टावरमा लगानी गर्ने भन्दै विदेशबाट रकम संकलन गर्ने गरेको र बैंकिङ प्रक्रिया भन्दा बाहिर गएर हुण्डी कारोवार गर्दै आएका थिए । लोकान्तर बाट साभार गरिएको