मोरङ । मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङमा एक बालकको मृत्यु भएको छ । लेटाङ नगरपालिका ३ स्थित त्रिशूली चोकमा बस्ने पदम बहादुर राईको १५ वर्षीय छोरा सौजन राई सोही स्थान बस्ने धनकुमार राईको १५ वर्षीय छोरा सुरज राईको घरमासँगै सुतेको अवस्थामा राती बेडमा चार्जमा राखेको मोबाइलमा भएको गेम खेल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको छ ।

घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीको टोलीले घटनास्थलमा पुगी थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड