बुटवल : कपिलवस्तुमा समाजवादी पार्टीका एक स्थानीय नेतामाथि गोली प्रहार भएको छ । शुद्धोधन गाउपालिकाका पार्टी अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार भएको हो ।

 

मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए । उनको हातको पाखुरामा गोली लागेको छ । उनी खतरामुक्त रहेको समाजवादी पार्टी प्रदेश ५ संसदीय दलका नेता सहसराम यादवले बताए ।

 

गोली कसले के कारणले चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादव शुद्धोधन गाउपालिका वडा नम्बर ५ हथियाबासी हुन् । उनको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय