भद्रपुर । झापाको भद्रपुर विमानस्थलबाट राइफलको गोलीसहित एक व्यक्ति पक्राउ परेका छन् । एक थान गोलीसहित पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका–४ श्रीअन्तुका ३८ वर्षीय सुरेश राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
बिहीबार दिउँसो २ बजे सौर्य एयरलाइन्सबाट काठमाडौँ जाने तयारीमा रहेका राईलाई विमानस्थलका सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा गोलीसहित पक्राउ गरेको हो । थ्री नट थ्री राइफलमा प्रयोग हुने एक थान गोलीसहित पक्राउ परेका राईलाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।
![]()









