कैलाली,१६ श्रावण
सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा रहेका १० वटा एनसेल टावरमा बुधबार राति आगजनी भएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार कैलाली, डोटी, डडेल्धुरा, अछाम र बझाङ जिल्लाका १० वटा एनसेलका टावरमा विप्लव समूहले आगजनी गरेको हो ।
आगलागि द्वारा कैलालीमा ४, बझाङमा ३, अछाम, डोटी र डडेल्धुरामा १-१ एनसेल टावरमा क्षति पुगेको जनाईएको छ।










