, काठमाडौं ।
निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने विषयमा सहमति भएको छ ।

बिहीबार निर्वाचन आयोगमा भएको सर्वदलीय बैठकमा उपस्थित अधिकांश राजनीतिक दलहरूले मंसिरमा चुनाव गराउन उपयुुक्त हुने सुझाव दिएका थिए । यही सहमतिको आधारमा आयोगले सरकारसंग परामर्श गरेर चा“डै नै निर्वाचनको मिति तोक्ने तयारी गरिरहेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिनुभयो ।

आयोगसंग परामर्श गरेर सरकारको निर्वाचनको मिति तोक्ने कानूनी प्रावधान रहेको छ ।सो बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ वटा राजनीतिक दल सहभागी थिए ।

आयोगको विवरणअनुसार अहिले ५० ठाउ“मा उपनिर्वाचन गराउन पर्नेछ । प्रतिनिधिसभा सदस्यका लागि कास्की ३ मा उपचुनाव गराउनुपर्नेछ। कास्की ३ बाट चुनाव जितेका नेकपाका सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो ठाउ“ खाली भएको छ।

यस्तै बाग्लुङ २ ‘ख’ बाट गण्डकी प्रदेश सांसद भएका टेकबहादुर घर्ती, प्रदेश ५ को दाङ ३ ‘ख’ बाट निर्वचित उत्तरकुमार ओली र प्रदेश ३ को भक्तपुर १ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधन भएपछि प्रदेशसभाका तीन स्थान खाली छ ।

सुनसरीको धरान उपमहानगरपालिकामा प्रमुख तारा सुब्बाको निधन भएपछि सो नगरपालिका प्रमुखविहीन छ भने तीन वटा गाउ“पालिका अध्यक्षको पदपूर्ति पनि उपचुनावबाटै हुनुपर्नेछ। एक ठाउ“मा उपाध्यक्ष र ३६ जिल्लाका ४१ वटा वडा अध्यक्षका लागि उपनिर्वाचन गर्नुपर्ने आयोगका प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

सो दलहरुले निर्वाचन आचार संहितालाई कडाइका साथ पालना गर्नुपर्ने साथै सबै रिक्त स्थानको निर्वाचन एकैचोटी गर्नुपर्ने जस्ता सुझाव दिएका थिए । । यसैगरी निर्वाचनमा विद्युतीय मतदानको प्रयोग तथा विदेशमा बस्ने नेपाली नागरिकको मताधिकार विषयमा सुझाव दिएको आयोगले जनाएको छ ।

प्रतिनिधि÷प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ वटा राजनीतिक दललाई आमन्त्रण गरिएको सो छलफल कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.), नेपाली का“ग्रेस, राष्ट्रिय जनता पार्टी (रा.ज.पा), संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.), राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त, राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, विवेकशील शाझा पार्टी, नेपाली जनता दल, नेपाल,समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, नया“ शक्ति पार्टी, नेपाली जनता दल, ने.क.पा. माले लगायत दलको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय