राजधानी बाहिर पहिलो पटक झापाको दमकमा निर्माण गरिएको आकाशे पुल औचित्य अनुसार सञ्चालनमा आउन सकेको छैन । काठमाडौँ उपत्यका बाहिर पहिलो पटक दमकस्थित पूर्व पश्चिम मुख्य राजमार्गमा आकासे पुलको निर्माण भएपछि यात्रुहरुलाई सहज हुने अपेक्षा गरिएको थियो । पुल निर्माण पछि दमकको ट्राफिक व्यवस्थापनमा केही सहज आशा गरिएको थियो । तर एक करोड १४ लाख बढिको लागतमा निर्माण भएको पुल उदेश्य अनुरुप संचालनमा आउन सकेन । अहिले यो पुल दिनको समयमा केहि युवायुवतीहरुले सेल्फि खिच्ने र दमक बाहिरबाट आउने हरुले रहरकालागि चढने गरेको पाइएको छ ।

दमक कै पहिचानको रुपमा हेरिएको यो पुलले दमकको ट्राफिक व्यावस्थापनमा निकै सहज हुने अपेक्षागरिएको भएपनि सडक पारगर्नकै लागि कसैले पनि यो पुलको प्रयोग गरेको पाईदैन । प्रधान मन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा प्रधानमन्त्री आली आफैले शिलन्यास र उद्धघाटन समेत गरिएको एक करोड बढि खर्चिएर निर्माण भएको पुलको औचित्य माथिनै बेला बेला प्रश्न उठने गरेको छ ।
नगरको सौर्दयलाई स्तरबृद्धि गरि दुर्घटना न्युनिकरणमा समेत सहयोग पुग्ने उदेश्ये निर्माण भएको यो पुल अहिले युवा युवतीले सेल्फि खिच्ने र माया पिरतीका कुरागर्ने थलो बन्दै गएको पुल आसपासका व्यावसायीहरुले नाम नबताउने सर्तमा भनेका छन “दमकमा अन्य स्थानमा मनोरञ्जन र समय कटाउने पार्क उघयान नभएकाले यहि पुल युवा युवतीहरुको मुख्य रोजाईमा पर्नेगरेको छ ।’ पुल नजिकै व्यवसाय गर्दैआएका एक व्यवसायिले बताए ।
दिउसो खुल्ला राती भिडमभिड: सुरक्षाको दृष्टिकोणले समेत अहिले यो पुलमा जोखिम बढदै गएको छ । दिउसो केहिले सेल्फि खिच्न पुलको प्रयोग गर्नेगरेका भएपनि अधिकांश समय यो पुल सुनसान हुने गर्दछ । तर जव जब रात पर्दै जान्छ अनि पुलमा भिडभाड शुरु हुन्छ । यो पुलमा माया पिरतीका कुरा साटा साट गर्नशुरु हुन्छ ।
पैदल यात्रीले प्रयोग गर्नुपर्ने यो पुल उदेश्य विपरित युवा युवतीहरुको भेटगर्ने र माया पिरती साटासाटको थलो बन्दै गएको छ । दमक नगरपालिकाको मुख्य चोक गणतन्त्र चोक देखि थोरै पश्चिम मुख्य राजमार्गमा ठडिएको आकाशे पुलले बिकृती निम्त्याउदै ल्याएको स्थानीयबासीहरुले गुनासो गरेका छन ।
कुन उदेश्यले र किन युवायुवतीहरु यो पुलमा घण्टौ सम्म बस्छन यसको नियमन गर्ने काम सम्म पनि नभएको आसपासका व्यासायिहरुले गुनासो गरेका छ । १ करोड १४ लाख रुपैयामा २५ मिटर लम्बाई , २ दशमलव ५ मिटर चौडाई र ६ दशमलव ३० मिटर उचाई रहेको आकाशे पुलको २०७२ साल पुस १७ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास पछि उद्धघाटन समेत गर्नुभएको थियो । पुल निर्माणमा निर्वाचन पूर्वाधार क्षेत्र बिकास कोष, सांसद विकास कोष र दमक नगरपालिकाको बजेट खर्चिएको थियो । हाम्रो दमक बाट साभार









