दमक/नेपाल यातायात मजदूर संघ इकाइ दमकको अध्यक्षमा दमकका उर्जानशिल यूवा मजदूर नेता रञ्जितकुमार यादव निर्वाचित भएकाछन् । यातायात क्षेत्रमा रहेको बिकृतीको अन्त्य गर्दै यातायात मजदूर र मालिकबीच समधुर सम्बन्ध राख्ने अध्यक्ष यादवले बताए । संघलाइ कुनै पार्टीको भातृ संगटन भन्दा पनि सबैको साझा संस्थाको रुपमा बिकास गराउने उनले प्रतिबद्धता जनाए । यादव स्वच्छ छबि भएका र यातायात मजदूरमा लोकप्रीय मानिन्छन् । मजदूरको जूनसुकै समस्यामा पनि आफू जूनसुकै समयमा पनि आउने भन्दै उनले संघलाइ ब्यवस्थित र मर्यादित संस्थाको रुपमा बिकास गर्ने बताए । उनको नेतृत्वमा अन्य लोकप्रीय मजदूर नेताहरु आएकाछन् । उपाध्यक्षमा बिनोद मिश्र(डम्बर), सचिब तुलसी खड्का, सह सचिब हरी गुरुङ, कोषाध्यक्षमा कृष्ण भण्डारी, सदस्यहरुमा ज्ञानदिप बिष्ठ, बिजय राइ, अमर कार्की र रमेश न्यौपाने निर्वाचित भएको निर्वाचन समितिका संयोजक चन्द्र खत्रीले बताएकाछन् ।