सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ । सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछ । हिन्दु धर्मले कुन दिन कुन देवी–देवताका लागि समर्पित छ भन्ने कुरालाई प्रष्ट पारेको छ । यसरी गरिने पूजाबाट के फल मिल्छ जानी राखौँ ।

 

आइतबारः आइतबारलाई सूर्य देवको बार मानिन्छ । यस दिन व्रत बस्नु, घिऊँ, तेल र नुनबाट टाढा रहनुले शुभ फल मिल्नेछ । आइतबारको दिन रातो रंगको कपडा लगाउने, रातो चन्दनको टीका लगाउने र रातै रंगको फल–फूल सूर्य नारायणलाई अपर्ण गरी गरिबहरुलाई बाढेको खण्डमा फल प्राप्ति हुनेछ । सोमबारः सोमबारको दिन देवताको पनि देवता, महादेव र चन्द्र ग्रहको पूजा गरे फल प्राप्ति हुनेछ । विवाह नगरेका कन्याले आफुले चाहेको जीवन साथी पाउनका लागि यो दिन व्रत बसे मनोकांक्षा पूरा हुने विश्वास छ । यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुनेछ ।

 

मंगलबारः मंगलबारको दिन हनुमान र मंगल ग्रहको लागि समर्पित छ । मंगलबारको दिन हुनमानको जन्म भएको थियो । यो दिन व्रत बस्नाले जीवनमा कहिल्यै पनि अशुभले घेर्ने छैन । यो दिन रातो वस्त्र लगाउनु उत्तम हुनेछ । हनुमानलाई रातो रंगको मिठाइ चढाएको खण्डमा शनि तथा मंगल ग्रहको शुभकामना मिल्नेछ ।

 

बुधबारः यो दिन बुद्धिका दाता भगवान श्री गणेशको उपासनाको दिन हो । बुधबार श्री गणेशका साथै बुध ग्रहको पनि पूजा गरिन्छ । यो दिन हरियो रंगको कपडा लगाउनु शुभ हुनेछ । मुंगको दाल, घिऊँ वा दहीको दान गरेमा समाजमा मानसम्मान बढ्ने र बुद्धि बढ्ने छ । साथै, यो दिन दही युक्त अन्नले भगवान विष्णुको पूजा गर्नाले पुत्र सुख मिल्ने छ । बिहीबारः बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि समर्पित छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

 

शुक्रबारः यो दिन देवी दुर्गाको पूजा गरिन्छ । त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ । महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ । यो दिन सेतो कपडा लगाउनु पर्नेछ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिनेछ ।

शनिबारः यो दिन भगवान शनिदेवप्रति समर्पित छ । त्यसैले यदि तपाईंको शनिको दशा चलिरहेको छ भने यो दिन मन्दिरमा शनिदेवको पूजा गरेर शान्त पार्न सक्नु हुनेछ । यो दिन भगवान हनुमान तथा काली माताको पनि पूजा गरिन्छ । शनिबारलाई अकाल मृत्यु निवारण गर्ने बारको रुपमा पनि लिइन्छ । यो दिन शनिदेवका साथै भगवान रुद्रको पूजा गरिन्छ । शनिबारको दिन कालो रंगको कपडा लगाउने र कालो वस्तु गरिबलाई दान गर्दा फल प्राप्ति हुनेछ ।

 

यो पनि पढ्नुस – देशभर जलविद्युत आयोजना निर्माणको क्रम तीव्र हुँदै गर्दा प्रसारणलाइन निर्माणले पनि व्यापकता पाएको छ । गत आर्थिक वर्षमा मात्रै प्राधिकरणले करिब ७८० किलोमिटर प्रसारणलाइनको निर्माण सिध्यायो, जुन अहिलेसम्मकै धेरै हो । नेपालमा विद्युत प्राधिकरणले नै प्रसारणलाइन निर्माणको सबै काम गर्छ । निर्माण सक्न ढिलाइ भइरहेका धेरै रुग्ण आयोजनालाई गत वर्ष पूूर्णता दिएर ‘चार्ज’ गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । लोडसेडिङ हटेसँगै बिजुलीको माग तथा आपूर्तिको पक्षमा विभिन्न पूर्वाधारहरु थप्दै लैजानुपर्ने भएकाले प्राधिकरण यस्ता आयोजनामा केन्दि्रत भएको उनको भनाइ छ ।

‘हामीले सबस्टेसन, प्रसारणलाइन र वितरण लाइनलाई वैज्ञानिक तवरले व्यवस्थापन गर्दै देशभित्रै अधिकतम बिजुली उपयोग हुने वातावरण सिर्जना गर्न चाहेका छौं,’ घिसिङले भने, ‘त्योसँगै हामीले खपत गरेर बढी भएको बिजुली अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सक्ने पूर्वाधार निर्माणमा पनि केन्द्रित छौं ।’ विभिन्न नदी करिडोरमा बनेका आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्न देशभर नै प्रसारणलाइन निर्माणको क्रम तीव्र पारिएको घिसिङले बताए । ‘प्रसारणलाइन बनाउनु सजिलो छैन, स्थानीयको सहयोग भएन भने एउटा टावर नै एउटा आयोजना जत्तिकै जटिल बन्न पुग्छ, त्यसरी सयौं किलोमिटरको आयोजनाहरु सम्पन्न गर्नु सजिलो भएन,’ घिसिङ भन्छन् ।

निकै महत्वपूर्ण मानिएको यो परियोजना सम्पन्न भएपछि नेपाललाई हिउँदयाममा ऊर्जा संकट पर्दा भारतबाट पर्याप्त बिजुली ल्याउन सहज भएको छ । यस्तै यसै वर्षको अन्त्यसम्म बन्ने भनिएको माथिल्लो तामाकोशीको वषर्ायाममा बढी हुने बिजुली भारत पठाउन पनि यो प्रसारणलाइनको उपयोग हुनेछ ।गत वर्ष २२० केभीको ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनको निर्माण भयो । ७८ किलोमिटरको यो अन्तरदेशी प्रसारणलाइन बनेपछि भारतबाट थप बिजुली आयात गर्न मात्रै होइन, नेपाललाई बढी हुने बिजुली एकैपटक ४ सय मेगावाटसम्म निर्यात गर्न बाटो खुल्यो ।

यसैगरी यो वर्ष २२० केभीको खिम्ती-ढल्केबर प्रसारणलाइन पनि बन्यो । तामाकोशी जलविद्युत आयोजनाको बिजुलीलाई नै लक्षित गरेर बनेको यो प्रसारणलाइन सञ्चालनमा आएसँगै देशका विभिन्न भागमा बिजुली आपूर्ति पनि सहज भएको छ । ७५ किलोमिटर लामो यो लाइनको पहिलो सर्किटको निर्माण सकिएको हो । यस्तै त्रिशूली-काठमाडौं प्रसारणलाइनको निर्माण पनि गत वर्षमा नै सम्पन्न भयो । २२० केभीको यो प्रसारणलाइन दुई सर्किटमा बनेको छ । जसको एउटा सर्किट चार्ज भएर सञ्चालनमा छ । यो आयोजनाले त्रिशूली बेसिनमा बन्ने आयोजनाको बिजुली राष्ट्रिय प्रसारणमा जोड्न भविष्यमा ठूलो मद्दत गर्नेछ । हाल त्रिशूली थ्री एको उत्पादित बिजुली यही प्रसारणलाइन भएर काठमाडौं ल्याइँदैछ । यो प्रसारणलाइनमा चार किलोमिटर क्षेत्रमा चार वटा सर्किट राखिएको छ ।

यो वर्ष १३२ केभीका ११ वटा प्रसारणलाइनहरुको निर्माण सकियो । यो वर्ष सकिएकोमध्ये सबैभन्दा लामो प्रसारणलाइन हो, चमेलिया-स्याउले-अत्तरीया । १३१ किलोमिटर लामो यो प्रसारणलाइन सञ्चालनमा आएपछि पश्चिम नेपालको बिजुली आपूर्ति सजिलो र विश्वसनीय भएको छ । यसैगरी महन्द्रनगर-लम्की प्रसारणलाइनको दोस्रो सर्किट पनि यसै वर्ष सम्पन्न भएको छ । यो प्रसारणलाइन १०१ किलोमिटर लामो छ । काबेली करिडोरको विभिन्न खण्डमा काम भइरहँदा ८५.८ किलोमिटर लामो गण्डक- फिदिम खण्डको पनि यसै वर्ष निर्माण सकिएको छ । ४६ किलोमिटरको डुम्रे-दमौली खण्डको पनि काम यसै वर्ष सम्पन्न भयो । यसैगरी ४० किलोमिटरको मध्यमर्स्याङ्दी-मर्स्याङ्दी प्रसारणलाइनको दोस्रो सर्किटले पनि यसै वर्ष पूर्णता पायो ।

३६ किलोमिटरको भक्तपुर-चपली-बालाजु प्रसारणलाइन यसै वर्ष चार्ज भयो । २५ किलोमिटरको लमही-घोराही र २० किलोमिटरको कुसुम-हापुरे प्रसारणलाइन बनाउने काम यसै वर्ष टुंगियो । यस्तै १६ किलोमिटको रक्सौल-परवानीपुर तथा १३ किलोमिटरको कुशाह-कटैया अन्तरदेशीय प्रसारणलाइन पनि यसै वर्ष चार्ज भए । यी प्रसारणलाइनले मध्यतराई क्षेत्रमा लो भोल्टेज लगायतका समस्या समाधान गर्न र औद्योगिक करिडोरको माग व्यवस्थापन गर्न निकै सघाएको प्राधिकरणले जनाएको छ । यसैगरी ६.२ किलोमिटरको कुश्मा-तल्लोमोदी प्रसारणलाइन पनि यसै वर्ष फत्ते भयो । यसैगरी काठमाडौंमा भूमिगत रुपममा न्यू चाबहिल-लैनचौर प्रसारणलाइन पनि तयार भएको छ । यो ६ किलोमिटरको लाइन हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah