काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गर्न शनिवार सिंगापुर जाँदैछन् । उनी बेलुका ९ः४५ बजे सिंगापुरका लागि उड्नेछन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणबारे मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णयसमेत गरेको छ । स्वास्थ्यमा समस्या देखिएपछि परीक्षणका लागि निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका हुन् ।
सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा उनको स्वास्थ्य परीक्षण हुनेछ । प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्था र परीक्षणको आवश्यकताबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।
गत शुक्रवार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सुझावअनुसार उनी थप फलोअपका लागि जान लागेका हुन् । छाउनीमा ओलीको नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेनल बायोप्सी’ गरिएको थियो