सुमित श्रेष्ठ / रामेछाप । खाँडादेवी गाउँपालिका–३ को कार्यालयमा विप्लव समूहका कार्यकर्ताले शनिबार बिहान ग्यास सिलिण्डर विस्फोट गराएका छन् । ग्यास विस्फोटपछि वडा कार्यालयको रहेका कम्प्युटर, महत्वपूर्ण कागाजत लगायतका सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । विप्लव समूहका कार्यकर्ताहरुले वडा कार्यालयको भवनमा ग्यास सिलिण्डर राखेर आगो लगाएका थिए ।
शनिबार बिहान ३ बजेको समयमा पानी परिरहेको र आकाश गर्जिएको जस्तो आवाज सुनिएको स्थानीयले बताएका छन् ।शनिबार बिहान पानी लिन पधेरो हिडेका स्थानीयले कार्यालयमा आगजनी भएको देखेपछि प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार भट्टाइले जानकारी दिनुभयो ।सांकेतिक तस्बिर