विष्णुप्रसाद पोखरेल
दमक । झापामा गत बर्ष ३ सय ४८ वटा अंशबण्डाका मुद्धाहरु दर्ता भएको पाईएको छ । अंश दाबी गर्ने महिलाहरुको संख्या अधिक रहेको छ । जिल्ला अदालत झापाका श्रेष्तेदार दुर्गाप्रसाद खनालका अनुसार ३ सय ४८ वटा अंश मुद्धा दर्ता भएकोमा २ सय ५ वटा महिलाले अंश दाबी गरेकाछन् ।

१ सय ४३ पुरुषले अंशमुद्धाको दाबी गरेको पाईएको उहाँले जनाउनु भयो । धेरैजसो श्रीमान श्रीमतीबीचको अंशबण्डामुद्धा रहेको पनि बताईएको छ । दाजुभाइ तथा अन्य पारिवारिक अंशबण्डामुद्धा कम रहेको छ, अधिकाँश श्रीमान श्रीमति बीचको अंशबण्डा मुद्धा नै दर्ता भएको छ, खनालले भन्नुभयो ।

पारिवारिक किचलो र सम्बन्ध बिच्छेदका घटनाका कारणले गर्दा श्रीमतिहरुले श्रीमानबाट अंश दाबी गर्ने गरेको पाईएको पनि खनाल बताउनु हुन्छ । कस्तो प्रकृतीको उल्लेख गरेर र नाता खुलाएर अंशबण्डाको मुद्धाहरुको तथ्याङ्क राख्न नगरिएकाले दाजुभाइ र श्रीमान् श्रीमतिको अंशबण्डा ठ्याक्कै दिन नसकिने पनि खनालले बताउनु भयो ।

अघिल्लो बर्षदेखि सरेर आएका मुद्धाहरु पनि रहेकाछन् । त्यौ सबैले हेर्दा असार मसान्तमसम्ममा ४ सय ३७ वटा अंशबण्डाका मुद्धा फर्छौट भएकाछन् र ३ सय २ वटा बाँकी रहेकाछन् । सम्बन्ध बिच्छेद र त्यसपछिको ंअंश दाबी गर्ने क्रम समेत बढ्दै गएको जिल्ला अदालत झापाले जनाएको छ ।

यसभन्दा अघिल्लो बर्ष आर्थिक बर्ष २०७४/०७५ मा जग्गा अंश सम्बन्धि ७ सय ९३ वटा मुद्धा दर्ता भएकामा ४ सय १३ वटा फर्छौट भएको जिल्ला अदालत झापाले जानकारी दिएको छ ।

आर्थिक २०७५/०७६ मा ५ सय १४ जना महिला र ३ सय ४ जना पुरुषले गरेर ८ सय १८ ले सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गराएका थिए । यसमा ४ सय ३ वटा फैसला भएको र ४ सय १५ वटा बाँकी रहेको पनि खनालले जनाउनु भयो । यो भन्दा अघिल्लो आर्थिक बर्ष २०७४/०७५ मा भने सम्बन्ध बिच्छेदका ९ सय १० वटा मुद्धा परेका थिए । ६ सय ८२ वटा फर्छौयट भएका थिए । पुरुषले भने खासै सम्बन्ध बिच्छेदका लागि मुद्धा हालेका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय