काठमाडौं । सुनसरी, पर्सा, मोहत्तरी र चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृ त्यु भएको छ ।

सुनसरी– इटहरी उपमहानगरपालिका २० पानीपियास्थित सडकमा ना २ च ६६८९ नम्बरको जिपले को २९ प ४१९५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइल धरान उपमहानगरपालिका(८ बस्ने २३ वर्षीय संजु गुरुङको मृ त्यु भएको हो । उनलाई मोटरसाइकलबाट लडेपछि मे १ ख २०४५ नम्बरको बसले किचेको र घट्नास्थलमै मृ त्यु भएको प्रहरीले जनाएको छ ।

पर्सा–वीरगंज महानगरपालिकामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृ त्यु भएको छ । रामगढवास्थित सडकमा ना ६ ख ४२७७ नम्बरको ट्रकले ना २ प २४३० नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक ठाउँ बस्ने ३६ वर्षीय पर्शुराम पटेलको घट्नास्थलमै मृ त्यु भएको हो ।

महोत्तरी –गौशाला नगरपालिकामा मोटर साइकल पल्टिँदा एक जनाको मृ त्यु भएको छ । वडानम्बर ११ स्थित सडकमा शुक्रबार राति ज १३ प ५३३ नम्बरको मोटरसाइकल अनियन्त्रित पल्टिएको हो । दुर्घटनामामोटरसाइकल चालक सर्लाही गाब्रीबजार बस्ने १८ वर्षीय देबु महतोको मृ त्यु भएको प्रहरीले जनाएको छ ।

चितवन– भरतपुर महानगरपालिकामा ट्रकले मोटरसाइकल ठोक्किँदा एक जनाको मृ त्यु भएको छ । ना ८ ख २२८४ नम्बरको ट्रक र लु ४२ प ६५४२ नम्बरको मोटरसाइकल ठोकिएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार नवलपरासी रामग्राम बस्ने २५ वर्षीय मिदेश नेपालको मृ त्यु भएको प्रहरीले जनाएको छ । जनता समाचार बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर