काठमाडौं – गुडिरहेको मोटरसाइकलबाट खस्दा १ युवतीको मृ त्यु भएको छ । टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक आइतवार बिहान बा५३प ९६५४ नम्बरको मोटरसाइकलमा सवार १९ वर्षीय रानी श्रेष्ठको मृ त्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग गोंगबुका प्रमुख, प्रहरी निरीक्षक सन्तोषसिंह दाहालले मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक नजिक खसेर बेहोस भएपछि उपचारका क्रममा विनायक अस्पताल गोंगबुमा लैजाँदा मृ त्यु भएको जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोटरसाइकलका चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रभागले जनाएको छ । लोकान्तर बाट साभार गरिएको