बागलुङ, २० साउन । पहिरोले घर पुरिँदा तमानखोलामा ३ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आइतबार राति १ बजे खसेको पहिरोले तमानखोला गाउँपालिका–४ लामेलाका ५ घर पुरिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईका अनुसार पहिराेमा स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु भएको छ । पहिरोमा परेर ६ जना घाइते छन् । घाइतेलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड