एजेन्सी । उच्च तापक्रममा सुत्न कसैलाई सजिलो हुँदैन । यस्तोमा मान्छेहरु झ्याल खोलेर वा रातभर फ्यान लगाएर सुत्ने गर्छन् । त्यति नगरे बिहान पसिनै पसिना भएर उठ्नुपर्ने हुन्छ । तर रातभर फ्यानको हावा खानु हाम्रो स्वास्थ्यका लागि राम्रो नहुने बताइएको छ ।

निद्राका विशेषज्ञ मार्क रेडिकका अनुसार फ्यान खोलेर सुत्नुका फाइदा भन्दा बेफाइदा धेरै छन् । फ्यानले मुख्यगरी कोठाभित्रको धुलो उडाउने हुँदा हामीलाई चाँडै रुघा लाग्ने वा एलर्जी हुने समस्या हुन्छ । यसरी पहिले नै एलर्जी, दम, ज्वरोका बिरामीहरुका लागि त राति फ्यान खोल्नुले गम्भीर असर गर्न सक्ने बताइएको छ । त्यस्तै फ्यानका ब्लेडमा पनि लामो समयदेखि धुलोहरु जमेर बसेका हुन्छन् जुन हरेपटक फ्यान चलाउँदा उडेर कोठाभरि फैलने गर्दछ ।

त्यसैगरी फ्यानले दिने हावा एकदम सुख्खा हुन्छ जसले हाम्रो छाला र घाँटी पनि सुख्खा बनाउँछ भने आँखामा समस्या गराउन सक्छ । विशेषगरी कन्ट्याक्ट लेन्स लगाउनेहरु संवेदनशील मानिन्छन् । त्यस्तै नाकभित्र पनि सुख्खा हावा जानुले नकारात्मक प्रभाव पारिरहेको हुन्छ र बिहान उठ्दा टाउको दुखाउने गर्दछ । लगातारको हावाले नाकको प्वाललाई सुकाउने हुँदा त्यसको भरपाइ गर्न शरीरले धेरै ‘म्युकस’ उत्पादन गर्नुपर्ने हुन्छ । यसैकारण हाम्रो नाक अवरुद्ध हुन पुग्छ र टाउको भारी हुने अनि दुख्ने समस्या हुन्छ ।

त्यस्तै चिसो हावाले हाम्रो हात खुट्टाका मांसपेसीमा पनि बढी तनाव पर्न सक्छ र पीडा हुने गर्दछ । यसकारण राम्रो निद्रा पुर्याउन चाहेपनि फ्यान लगाएर सुत्नुले अर्को दिन बिहान यी समस्याहरु गराउने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah