झापा । प्रहरी हिरासतमा रहेका एक थुनुवा अस्पताल परिसरबाटै फरार भएका छन्। लागू औषधसहित पक्राउ परेका इलाम निवासी २४ वर्षीय शङ्कर गजमेरलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखिएको थियो।

हिरासतमा रहेका गमजेरलाई स्वास्थ्य परीक्षण गराउन अस्पताल लगिएको अवस्थामा त्यहीँबाटै फरार भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

‘बिर्तामोडस्थित कनकाई अस्पताल पुर्याइएका गजमेर अस्पतालको शौचालयभित्रको झ्याल फुटाएर फरार भएको हो’, प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘प्रहरी हिरासतमा परेका गजमेर अस्पतालबाटै फरार भएपछि उनको खोजी कार्य तीव्र बिर्तामोडस्थित नयाँ बसपार्कबाट आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

हिरासतमा रहेका जगमेरको स्वास्थ्य परीक्षण पश्चात् झापा अदालत भद्रपुरमा म्याद थप्ने तयारीमा इलाका पारेका छौ ।’ प्रहरीका अनुसार लागु औषधसहित गमजेरलाई प्रहरी कार्यालय बिर्तामोड थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर