भद्रपुर । सर्पदंशबाट झापामा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका १ स्थित पृथ्वीनगर बस्ने ७२ वर्षीय पदम बहादुर प्रधान रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार घरमै रहेका प्रधानलाई बिषाली सर्पले टोकेको थियो । सर्पले टोकेको थाहा पाए लगतै परिवारजनले तत्काल उपचारका लागि चाराआलीस्थित सर्पदंश उपचार केन्द्र लगेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यहाँ उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा उनको बाटोमा नै मृत्यु भइसकेको चिकित्कसले जानकारी गराएको प्रहरीले बताए ।