दमक पब्लिक लाइब्रेरी युथ टिमको छैठौं स्थापना दिवस तथा अन्तरास्ट्रिय युबा दिवस यहि मिति २०७६ साउन २५ गते देखि २७ गते सम्म आयोजना गरिने दमक पब्लिक लाइब्रेरी युथ टिमका अध्यक्ष दधिराम ढकालले जानकारी दिनु भएको छ ।
प्रत्येक बर्ष अन्तरास्ट्रिय युवा दिवसका दिन दमक पब्लिक लाइब्रेरी युथ टिमले आफ्नो स्थापना दिवस मनाउने गर्दछ ।यसपालिको स्थापना दिवसलाई दमक पब्लिक लाइब्रेरी युथ टिमले अलिक फरक र भिन्न्न तरिकाले मनाउन लागेको अध्यक्ष दधिराम ढकालले जानकारी दिनु भएको छ ।
उत्प्रेरणा मुलक कार्यक्रम तथा बार्सिक उत्सब कार्यक्रम अन्तरगत २५ गते ब्लाइन्ड रक्स सस्थाकी सस्थापक तथा प्रखर वक्ता सृष्टि केसि को प्रमुख आथिथ्यतामा युवा अभियान्ता तथा युवा मोटिभेटर रोहित मल्लले आफ्नो उत्प्रेरणामुलक कार्यक्रम गर्नु हुनेछ ।यसैगरी २६ गते शिक्षामा रुपान्तरण भन्ने शिर्षकमा रहेर एउटा शैक्षिक बहस कार्यक्रम आयोजना हुनेछ । बिज्ञान लिम्बूले सहजीकरण गर्ने उक्त कार्यक्रममा नेपालमा स्थापित कोहि एक जना शैक्षिक आन्दोलनका उदाहरणीय ब्यक्तित्व सङ सम्बाद शृङ्खला चल्ने छ र अन्तिम दिन २७ गते ५ किलोमीटर को खुल्ला दौड आयोजना गरि तीन दिवसिय कार्यक्रम लाई समापन गर्ने आयोजकले बताएका छन्।










