कपिलवस्तुमा मोटरसाइकलले ठक्कर दिँदा एक बृद्धको मृत्यु भएको छ । गएराति दाङको गढवा गाउँपालिका–५ बाँकीचोक गढवा कालाकाटे दामोदर सडक खण्डमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ५ प ९७११ नम्वरको मोटरसाईकलले ठक्कर दिँदा स्थानिय अन्दाजी ६५ बर्षिय गंगाराम यादवको मृत्यु भएको हो ।

मोटरसाइकलले ठक्कर दिई गम्भीर घाईते यादवको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रबक्ता डिएसपी विनोद विक्रम शाहले बताए । उनका अनुसार मोटरसाइकल चालक स्थानीय १८ बर्षिय रोहित चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।