डलरको भाउ घटेर नेपाली रुपैयाँ बलियो, वैदेशिक रोजगारमा समस्या
२०७३ चैत्र २७, आईतवार ०८:५८ गते
काठमाडौं/ परिवर्तनीय संसारका धेरैजसो मुलुकमा साटिने विदेशी मुद्रा अमेरिकी डलरको भाउ २० महिना यताकै कमजोर बनेको छ । निरन्तर रुपमै कमजोर बन्दै गएको नेपाली रुपैयाँ पछिल्लो समय भने डलरको तुलनामा बलियो अवस्थामा देखिएको छ ।
अमेरिकी डलर कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ बलियो बन्न पुगेको छ ।नेपाल राष्ट्र बैंकले शनिबारका लागि एक अमेरिकी डलर बराबर १०२.४० पैसा खरिद मुल्य र विक्री मुल्य १०३.०३ तोकेको छ । यो २० महिना यताकै नेपाली रुपैयाँका तुलनामा कमजोर हो ।
अमेरिकाले पछिल्लो समय सिरियामा श्रृखंलाबद्ध आक्रमण बढाउँदै गएपछि विश्व बजारमै डलर कमजोर बनेको छ । अमेरिकी डलर कमजोर बन्दै जाँदा डलरको तुलनामा नेपाली रुपैयाँ बलियो बनेको हो । गत बर्षको फागुन पहिलो साता डलरको भाउ अहिलेसम्मकै उच्च र १ सय ९ रुपैंयाँ ७७ पैसा पुगेको थियो । अाजकाे नागरिक दैनिकमा खबर छ ।