दमक/ झापा दमक बहुमुखी क्याम्पसकी पूर्व सहायक प्रमुख तथा नेपाल राष्ट्रिय वुद्धिजीवि संगठनकी केन्द्रीय सचिव राधिका ओझाले आफना छोरीको विवाहमा लाग्ने खर्च विभिन्न परोपकारका लागि दिने घोषणा गरेकी छिन् । छोरी डाक्टर क्षमता सुवेदी र दाङ्ग तुसलीपुरका नरेश रेग्मीवीचको सोमबार नेकपाको केन्द्रीयमा प्रगतिशील विवाह गरिदिदै करिव रु २ लाखको सहयोगको घोषणा गरेकी हुन् ।

ओझाले दमकको दमक बहुमुखी क्याम्पसका जेहेन्दार विद्यार्थीका लागि रु ५० हजार, दमक अपाङ सहयोग समितिलाई रु ५० हजार, दमकको वालबृद्धाश्रमलाई ५० हजार,दमक पव्लिक लाईव्रेरीलाई रु १० हजार र माओवादी अध्ययन केन्द्रको पुस्तकालयलाई रु १० हजार सहयोग दिने घोषणा गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अनेरास्ववियूले आयोजना गरेको सो प्रगतिशील बैबाहिक कार्यक्रममा नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ,गृहमन्त्री रामबहादुर थापा,राष्ट्रिय सभा उपाध्यक्ष शसीकला दाहाल,नेतृ पम्पा भुषाल लगायतकाले बधाई तथा शुभकामना दिएका थिए । वेहुला रेग्मी अखिल क्रान्तिकारीका केन्द्रीय सचिव हुन् ।