काठमाडौं । यो साताको पहिलो दिनबाटै लगातार बढेको सुनको भाउ आज पनि १५ सय रुपैयाँले बढेको छ। हिजो २ सय रुपैयाँ बढेर ६८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन १५ सय बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको छ ।

 

 

सोमबार एकैदिन प्रतितोला १५ सय रुपैयाँ बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ६८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँ तथा चाँदी ८ सय १० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजावी सुन ६७ हजार ७ सय रुपैयाँ तथा चाँदी ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

अघिल्लो साताको बिहीबारबाटै लगातार बढ्दै गएको सुनको भाउले दैनिक रुपमा उच्च रेकर्ड बनाएको छ । आज पनि सुनको भाउ अहिलेसम्मकै उच्च हो भने आज चाँदीले पनि उच्च रेकर्ड बनाएको छ । सुन काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने केही बढी पर्न सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah