बुटवल– ‘हामी आठ जनाको टोली मिलेर रडले ढोका फोडेर मेघे दाईको घरमा चोर्न पसको हौं, दराज–सराज फोरफार पछि म पिउँन थाले र निदाए छु । बिहान निद्राले छाडेर हेर्दा साथीहरु हिँडेछन्’ बुधवार गुल्मीको धुर्कोटवस्तु प्रहरी चौकीद्वारा गएरातीको चोरी काण्डमा पक्राउ परेका एक युवाले प्रहरीलाई यस्तो बयान दिँदै थिए ।

उनले सुरुमा आफु आशीस बिसी भएको बताए । उनीसहित अन्य सातै जनाको नामका पछाडि थर केसी बताउँदै उनीहरुको नाम कवितादेखि गजलसम्म बताउँदै थिए र सबैको घर काठमाडौं बताउँदै थिए । चोरी गर्न पसेको घर ‘मेघेदाई’ अर्थात धुर्कोट गाउँपालिका वडा नम्वर ६ बेलटारीका युवा व्यवसायी मेघनाथ अर्यालको हो । उनले बुटवलमा ब्यवसाय गरे पनि गाउँ सजाउनुपर्छ भनेर साढे दुईतले पक्की घर बनाएर राखन–धरान समेत त्यही गरेका थिए । सामान त्यहाँ राखेर उनी बुटवल र घर आवतजावत गर्ने गर्थे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वस्तु प्रहरी चौकीका प्रमुख असई लोकमान ताम्राकार भन्छन्– ‘चोरी घटनाका मुख्य योजनाकार नै आशिष रहेको पाइयो तर अरु साथी चोरी गरेर भागेछन्, उचाही मस्त खाइपिई गरेर त्यही घरकै कोठामा सुतेछ ।’ आशीस भन्छन्, ‘तल छल्दीको पुल नजिकै एउटा होटलमा लोकल रक्सी एक बोत्तल, एक प्लेट माछा र जुस पिएपछि तम्घासबाट केटाहरुसहित चौरासी पुलको मुखमा आइयो । त्यहाँबाट फलामको रड लिएर त्यस घरमा चोरी गर्न पसेका हौं । म त्यही कोठामै निदाएछु, बिहान उठेर साथीहरु कता गए भन्दै खोज्दै जाने क्रममा छतमा पुगें । त्यसपछि बाहिरबाट मान्छेले देखेपछि ढोकामा चुक्कल लगाएर भित्र लुकेर बसेको हुँ । ’

प्रहरीका अनुसार लोकल रक्सी र टुङकुला खाइरहेको मान्छेले चोर्न पसेको घरको बैठक कोठामा ब्राण्डेट रक्सीका बोत्तल पाएपछि मख्ख परे । रक्सीको मातले आशीसलाई स्वर्गीय आनन्द मिल्न थाल्यो र मस्त निदायो । बिहान उसलाई छिमेकीले छतमा देखेपछि पचास साठी जनाको समूहले लाठी बोकेर घर घेरेका थिए । उ बाहिर निस्केको भए रामधुलाई गर्ने थिए । तर उ बाठो मान्छे । हामी प्रहरी नपुगेसम्म ढोका नखोली भित्रै बस्यो । असई ताम्राकार सुनाउछन्– ‘मैले ढोकाको जाली तोडेर भित्र पस्दा बैठक रुमको टि–टेबुल मुनी लुकेर बसेको थियो । आफुलाई निकै पहुँचवाला भएको र ठुलै रकम दिन्छु बाटैमा छाडि दिनुस् समेत भन्दै थियो ।’

ताम्राकार भन्छन्, ‘अहिलेसम्म जाँड गन्हाइरहेको छ । आशीसले चुल्ठो बाँधेका छन् । टि–सर्टसहित खानदानी नै हो कि भनेर अनुमान गर्न पनि सकिन्छ । उमेर करिब २० बर्षको रहेको छ । उनले घर गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर ३ भाडगाउँ बताएका छन् । उनी चौरासीको पुल निर्माणको काम गर्दै आएका थिए ।

उनले तम्घासबाट बोलाएको भनिएका ती सात जनाको घर ठेगना खुल्न सकेको छैन । आशीस बिसी भनिएका विकलाई जिल्ला प्रहरी कार्यालय पठाउन लागिएको असई ताम्राकारले बताए । चारवटा मोटरसाइकलमा आठजना चोर्न पुगेको र ती अन्य सातजना गाँजाको कारोबारसमेत गर्ने गरेको आशीसको भनाई थियो ।

चोरी भएको घरमा पुगेका छिमेकीले एटएट फोर एट नामक मदिराको दुई दिन बोतल पिएर सकेको र एकादुई पेटी अन्य रक्सी समेत चोरेर लगेको बताए । धनमाल चोरीसहित टन्न महँङ्गो रक्सी पिएपछि अरु सातजना बिहान करिब चार बजेतिर भागेको तर आशिष भने एट एट फोर एटको बोत्तल छतमा लैजादै पिउँदै घर मालिक कै रवाफमा देखाउँदा देखाउँदै निदाएको बताइन्छ । स्थानीयले ब्यङ्ग गर्दै भने, ‘एट एट फोर एट नामको रक्सी बन्यो र त्यसैका कारण चोरी घटनाको मुख्य नाईके नै पक्राउ प¥यो ।’

धुर्कोट गाउँपालिका वडा नम्वर ६ का वडा सदस्य शालिकराम आर्यालले आफ्ना भाई मेघनाथको घरमा चोरी भएको बताउँदै अहिले आफु सोही घरमा रहेर चोरीको विवरण तयार गर्दै रहेको बताए । उनले करिब ८ देखि १० लाख रुपैयाँ बराबरको चोरी भएको सुनाए । घर चोरी भएको थाह पाउनसाथ मेघनाथ अर्याल बुटवलबाट गुल्मी आउँदैछन् । रातो पाटि बाट साभार