झापा । झापा हल्दिबारीका एक व्यक्ति मृत अवस्थामा फेला परेको छ । इलाम नगरपालिका ६ गोला खर्क घर भई हाल हल्दिबारी गाउँपालिका २ बर्मेलिबस्ती बस्ने ४८ को पदमबहादुर खिम्ती (लिम्बु) मृत अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार सोही गाउँपालिकाका पान बहादुर बस्नेतको चिया बगानमा परिवार सहित रेखदेखको काम गर्दै आइरहेका खिम्ती चार दिनअघि श्रीमतीसँग वादविवाद गरी घरबाट हिँडेका उनका शव घरदेखि २०० मिटर उत्तर बारीमा सडिगली किरा लागेको अवस्थामा फेला परेको हो । यता शव फेला परेपछि प्रहरी चौकी हल्दिबारीबाट खटिएका प्रहरी टोलीले घटनास्थल पुगेर थप अनुसन्धान गरेको जनाइएको छ ।










