काठमाडौँको बिजेश्वरीमा गोली चलेको छ। शुक्रबार मध्यान्ह काठमाडौैँ महनगरपालिकाको बिजेश्वरी क्षेत्रमा गोली चलेको हो।

अपराधी समाउने क्रममा मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुई राउन्ड गोली लागेर घाइते भएका ती व्यक्तिलाई अहिले अस्पताल लैजाँदै गरेको प्रहरीले जनाएको छ। प्रहरीले अहिलेसम्म गोली लागेर घाइते हुने व्यक्तिको परिचय भने खुलाएको छैन।  थप विवरण आउन बाँकी छ